Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रामेछापले वेलुकी ८ बजे सम्म मात्र देउसी र भैलो खेल्न पाइने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो ।

दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिइने भनि जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो । बैठकले गृह मन्त्रालयको मिति यहि कार्तिक २ गतेको पत्रानुसार दिपावली, नेपाल सम्बमत र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई रोक्नका लागि समय तोकिएको जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा कार्य योजना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट समन्वयात्मक रूपमा गस्ती गर्ने र जिल्लामा पटका, भुईचम्पा, आकास बाजी जस्ता प्रज्वलनशील तथा विस्फोटक बस्तुहरूको उत्पादन, ओसारपसार बिक्रिवितरण तथा प्रयोगमा रोक लगाउने निर्णय पनि गरेको जनाईएको छ ।

यसैगरी बैठकले जुवा तास खेल्ने खेलाउने लगायत कानुनले निषेध गरेका कुनै पनि प्रकारका कार्य गरे गराएमा नियन्त्रणमा लिई कारबाही गर्ने साथै बजार अनुगमन, अखाद्य बस्तुको उत्पादन, बिक्री वितरणमा नियन्त्रण, बिष्टफोर्टक पदार्थको आयात गरिने नाका र बिक्री वितरण गरिने स्थानहरूमा निगरानी बढाई आवश्यक गस्ति गर्ने र सुरक्षा व्यवस्था लाई कडाई गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालयले रामेछापले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४