Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसमा गाभिएका युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू गर्ने रुसको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ३ २०७९
  • 3K
    SHARES

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभेको घोषणा गरिएका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेका छन् ।

युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा सैनिक शासन लागू गर्ने सम्बन्धि आदेश जारी गर्दै पुटिनले ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको बताएका छन् । पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा रहेका रुसी सैनिकलाई थप अधिकार प्राप्त हुने छ । ती क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने अधिकार पनि सैनिकहरूलाई दिइएको छ ।

साथै राष्ट्रपति पुटिनले गाभिएका क्षेत्रका स्थानीय अधिकारीहरूसँग समन्वय गरी काम गर्न रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनको नेतृत्वमा समन्वय समिति पनि बनाउनु भएको छ । पुटिनले जारी गरेको आदेशमा युक्रेनँंग सीमा जोडिएका क्राइमियालगायत आठ वटा क्षेत्रमा विशेष आर्थिक कार्यक्रम संचालन गर्न पनि आदेश दिइएको छ ।

खर्सोनलगायत क्षेत्रबाट पछिल्ला दिनमा सर्वसाधारणहरु रुसतर्फ पलायन हुने क्रम बढेको छ । युक्रेनी सेनाले प्रति आक्रमण तीब्र बनाएपछि रुसी सेनाले त्यहाँ रहेका सर्वसाधारणलाई रुसतर्फ स्थानान्तरण गरिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४