Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा अभिनेता श्रीनाथ भासी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ११ २०७९
  • 3.6K
    SHARES

एजेन्सी । महिला पत्रकारसँग दुर्व्यवहार गरेको आरोपमा दक्षिण भारतीय अभिनेता श्रीनाथ भासीलाई केरला प्रहरीले पक्राउ गरेको छ ।

श्रीनाथले आफ्नो आगामी फिल्म ‘चट्टाम्बी’ को प्रमोशनको क्रममा एक यूट्यूब च्यानलको महिला पत्रकारलाई दुर्व्यवहार गरेका थिए, त्यसपछि ती महिला पत्रकारले श्रीनाथविरुद्ध प्रहरी स्टेशनमा उजुरी दिएकी थिइन् । अब यस मामिलामा प्रहरीले श्रीनाथलाई कारबाही गर्न पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यो सम्पूर्ण घटना तब भयो जब च्यानलको महिला पत्रकारले श्रीनाथलाई दक्षिण भारतीय फिल्मका कलाकारहरूलाई उनीहरूको रिसाहा स्वभाव अनुसार कति नम्बर दिन चाहनुहुन्छ भनेर सोधिन् । यो प्रश्न सुनेर श्रीनाथ रिसाए र क्यामेरा अफ गरेपछि महिला पत्रकार र क्रु-मेम्बरलाई गाली गर्न थाले । तर, प्रहरीको सोधपुछका क्रममा श्रीनाथले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । अब उक्त घटनामा भिडियो अन्तर्वार्ताको फुटेजसँगै प्रहरीले त्यहाँ जडान गरिएका सीसीटीभी फुटेज पनि लिएको छ ।

महिला पत्रकारको उजुरीका आधारमा गत हप्ता श्रीनाथविरुद्ध मुद्दा दर्ता गरिएको थियो। श्रीनाथलाई आईपीसीको धारा ३५४ ए (१) ५०९ र २९४ बी अन्तर्गत पक्राउ गरिएको छ । श्रीनाथलाई धरौटीमा छोड्न मिल्ने अपराध भएकाले स्वास्थ्य परीक्षणपछि धरौटीमा रिहा गरिने प्रहरीले जनाएको छ ।

श्रीनाथले संगीत क्षेत्रबाट आफ्नो करियर सुरू गरेका थिए। श्रीनाथ दक्षिण भारतीय चर्चित अभिनेता हुन् । उनले फिल्ममा कमेडी गरेर मानिसको मनमा आफ्नो स्थान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४