Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टीमा भारत ६ विकेटले विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ८ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेल जितेको छ ।

नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । यस जितसँगै ३ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १–१ को बराबरी गरेको छ ।जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० तथा दिनेश कार्तिकले अविजित १० रन बनाए । अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा प्याट कमिन्सले एक विकेट लिए ।

त्यस अघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । वर्षा र आउटफिल्ड झिजेको हुँदा खेल ढिलो सुरु हुँदा खेल ८ ओभरमा घटाईएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले ३१ र तथा स्टेभन स्मिथले ८ रन बनाए ।

भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४