Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदीपको तर्क : ‘प्रेम गीत ३’ नेपाली र हिन्दी भाषामा किन हेर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ६ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । ‘प्रेम गीत ३’ नेपाली र हिन्दी भाषामा किन हेर्ने भनेर अभिनेता प्रदीप खड्काले आफ्नो तर्क व्यक्त गरेका छन् ।

यसैक्रममा खड्काले पहिला नेपाली र त्यसपछि हिन्दी भाषाको ‘प्रेम गीत–३’ हेर्न अपिल गरेका छन् । शुक्रबारबाट देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुन लागेको उक्त चलचित्रमा नेपाली र हिन्दी भाषामा केही फरक रहेको खड्काले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा नेपाली र हिन्दी भाषामा केही फरक रहेको बताउदै उनले लामो स्टाटस लेखेका छन् । उनले उक्त चलचित्र नेपाली भाषामा २ घण्टा १० मिनेट र हिन्दी भाषमा २ घण्टा मात्र रहेको स्टाटस मार्फत उल्लेख गरेका छन् ।

उनले नेपाली भाषामा किन हेर्नु पर्ने भन्ने कुरालाई यसरी प्रष्ट्याएका छन्, ‘ हास्न, रून अनि पात्रसँग नजिक हुन। किनकी नेपालीमा कथाको प्रस्तुति विस्तृत रूपमा छ र त्यसकारण सानासाना घटना छुट्ने डर बिना चलचित्रलाई मनदेखि महशुस गर्दै कथा कसरी अगाडी बढ्ला भन्ने आफ्नो धारणा बनाउँदै चलचित्र हेर्न सकिन्छ।’

‘त्यसपछि हिन्दीमा हेर्नुस रोमाञ्चक अनुभूति हुन्छ । ’ खड्काले भनेका छन् । खड्का हिन्दी भाषामा किन हेर्ने भन्ने कुरामा अगाडी भन्छन्, ‘सटिक कथा प्रस्तुतिकरणको र चलचित्रको गतिले तपाईका प्रतेक इन्द्रियहरूलाई सक्रिय हुन वाध्य बनाउँछ । कथा पटकथाले दिमागलाई डेक चल्न नदिई मनको चञ्चलता निसिक्रय बनाउँछ। पत्तो नपाउँदै चलचित्र सकिएको अनुभव हुन्छ।’

दुई फरक प्रस्तुतिकरणको कारण खड्काले पहिला नेपाली र त्यसपछि हिन्दी भाषाको ‘प्रेम गीत–३’ हेर्न दर्शकलाई अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४