Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हास्य कलाकार राजु श्रीवास्तवको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 4.1K
    SHARES

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

उनको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको राजुका परिवारले पुष्टि गरेका छन् । राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई यहाँ ल्याइएको थियो । उनको बिगत ४२ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो ।

राजुलाई गत अगस्ट १० मा बिहान हृदयघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको बताएका थिए । अस्पतालमा राजुको एन्जियोप्लास्टी गरिएको थियो, जसमा मुटुको ठूलो भागमा शतप्रतिशत ब्लकेज भेटिएको थियो । राजुका परिवारमा श्रीमती शिखा, छोरी अन्तरा, छोरा आयुष्मान रहेका छन् ।

राजु सन् २०१४ मा भाजपा (भारतीय जनता पार्टी) मा प्रवेश गरेका थिए । उनी कामको सिलसिलामा दिल्ली पार्टीका केही ठूला नेताहरूलाई भेट्न दिल्ली पुगेका थिए । उनी १० अगस्ट बिहान कल्ट जिम, साउथ एक्स, दिल्लीमा कसरत गरिरहेका थिए । यसै क्रममा ट्रेडमिलमा दौडदै गर्दा उनको छातीमा दुखेको महसुस भयो र उनी लडे । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । राजुले सधैं आफ्नो फिटनेसको ख्याल राख्थे र उनी फिट र फाइन थिए ।

राजु श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो। उनको जन्म २५ डिसेम्बर १९६३ कानपुरको नयापुरवामा भएको थियो । उनले सन् १९९३ मा कमेडीको दुनियाँमा प्रवेश गरेका थिए । सन् १९८० मा उनी कानपुरबाट मुम्बई आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४