Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्ने आज अन्तिम दिन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 7.1K
    SHARES

काठमाडौं । नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको आज (मंगलबार) १५ दिन भएको छ ।

संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले मंगलबार रातिसम्ममा उक्त विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने हुन्छ । उहाँले विधेयकमा लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ । प्रमाणिकरण गर्ने अन्तिम दिनसम्म पनि राष्ट्रपति भण्डारीले के गर्नुहोला भन्ने आशंका सबैतिर छ ।

सरकार र सत्ताधारी दलहरु राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगर्ने हो कि भन्ने त्रासमा रहेको देखिन्छ । संविधान दिवसका दिन साेमबार साँझ शीतल निवासले आयोजना गरेको चियापान कार्यक्रम अघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीसँग विधेयक प्रमाणिकरणको विषयमा कुरा गरेको तर राष्ट्रपति भण्डारीबाट सकारात्मक संकेत नपाएको सन्देश देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई दिएको बुझिएको छ ।

नागरिकता ऐन संशोधन विधेयक प्रमाणिकरण नभए के गर्ने भन्नेमा सत्ताधारी दलहरु नै अन्योलमा परेका छन् । यता, राष्ट्रपति कार्यालयले भने राष्ट्रपतिको भूमिकालाई जोडेर प्रकाशित समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘राष्ट्रपति कार्यालयबाट भए-गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको बताएकाे छ।

राष्ट्रपति कार्यालय र राष्ट्रपति भण्डारीलाई जोडेर भ्रामक समाचार प्रकाशन भइरहेको राष्ट्रपति कार्यालयले साेमबार राति जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४