Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई, क्रिकेटमा आर्मी पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 4K
    SHARES

काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो ।

पराजित आर्मीले रजत पदकमा चित्त बुझाएएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको क्रिकेट एक महिनाअघि नै काठमाडौं मा भएको हो ।

८ ओभरमा घटाईएको खेलमा पुलिससले आर्मीले दिएको १०४ रनको लक्ष्य कुशल भुर्तेल र सुनिल धमलाले विष्फोटक ब्याटिङ गरेपछि ६.५ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।

प्रतियोगितामा दोश्रो अर्धशतक प्रहार गर्ने क्रममा भुर्तेलले १७ बलमै ३ चौका र ६ छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए ।

पहिलो विकेटका लागि भुर्तेल र धमलाले ३३ बलमा ९२ रनको साझेदारी गरे । भुर्तेलले १९ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५१ रन बनाए ।

धमलाले १७ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ४२ रन बनाए । आरिफ शेखले खेलेको पहिलो बलमै छक्का प्रहार गर्दै जित पक्का गरे ।

आर्मीका जितेन्द्र मुखिया र सुशन भारीले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ४०रन बनाए । रोहित पौडेलले १० बलमा ४ छक्का मद्दतमा २८ रन बनाए ।

कुशल मल्लले १३ र भीम सार्कीले ११ रन जोडे । पुलिसका गुलशन झा र ललित राजवंशीले २-२ तथा रासिद खान र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४