Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस रामेछापमा प्रदेशको टिकटको लागि ४१ जनाको दावी (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १६ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशका लागि रामेछापमा पनि राजनीतिक दलहरुले उम्मेदवारका लागि सिफारिस गर्ने काम अघि बढाएका छन् । कांंग्रेसले रामेछापमा रहेको दुई प्रदेश सभा निर्वाचनका लागि पार्टीभित्रबाट दावी प्रस्तुत गर्नेहरुको नाम प्रदेश समितिमा सिफारिस गर्नको लागि भोली बैठक बोलाएको छ ।

बैठकले योग्यता पुगेका उम्मेदवारले प्रदेशको टिकटका लागि दावी गरे अनुसार सिफारिस गर्ने तयारी गरेको छ । प्रदेशमा रहेको दुई वटा टिकटका लागि कांग्रेसभित्र ४१ भन्दा बढी नेताहरुले दावी प्रस्तुत गर्ने भएका छन् । कांग्रेसभित्र प्रदेशको टिकटका लागि उमाकुण्ड गाउँपालिकाबाट आङदेण्डी शेर्पा, भिमसेन वस्नेत, झपडराज भण्डारी, जमुना कार्की,गेल्जे शेर्पा, केदार विक्रम खड्का र गजेन्द्र खड्काले दावी गर्ने भएका छन् ।

त्यसैगरी कांग्रेसका एक नेताले जन प्रहारलाई दिएको जानकारी अनुसार गोकुलगंगा गाउँपालिकाबाट कांग्रेस रामेछापका सचिव दिपक खड्का, उज्जलराम घिमिरे, शिव श्रेष्ठले दावी गरेका छन् । लिखु तामाकोसी गाउँपालिकाबाट कृष्ण बहादुर महत, कल्पना खड्का, निरोज खड्का, सुन्दर खड्काले प्रदेशका लागि उम्मेदवारमा दावी गर्ने भएका छन् ।

रामेछाप नगरपालिकाबाट कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, गत निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ का उम्मेदवार बनेका रत्न बहादुर कार्की   पूर्व रामेछापका नगरप्रमुख नरबहादुर थापा मगर, पूर्व नगर उपप्रमुख सृजना खड्का, कुमारी हायु, शम्भु घिमिरे, युवराज भट्टराई, महेश कुमार कार्की र गंगा अधिकारी सहितका नेताहरुले प्रदेशको टिकटको लागि आफ्नो दावी गर्ने भएका छन् ।

यसैगरी रामेछाप प्रदेश ‘ख’ अन्र्तगत सुनापति गाउँपालिकाबाट कमल योञ्जन, जितेन्द्र मोक्तान, भरत चौलागाई, जित बहादुर मगर,विनिता खड्का, केशव प्रसाद चालिसे, नारायण बहादुर खड्का सहितका नेताहरु टिकटका लागि आकांक्षा देखाएका छन् । जित बहादुर थापामगर गत प्रदेश सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

दोरम्बा गाउँपालिकामा डिक बहादुर योञ्जन आकांक्षी देखिएका छन भने खाँडादेवी गाउँपालिकाबाट अर्जन केसी, वीर बहादुर तामाङ, धु्रव राज लामा, झनक श्रेष्ठ, रत्नहरि ढुंगेल, केशव बहादुर केसी, सरद तामाङ, वेदराज लामा, रामकुमारी डाँगी र राजेश कुमार श्रेष्ठले आकांक्षा देखाएको रत्नहरि ढुंगेलले जन प्रहारलाई जानकारी दिएका छन् ।

त्यसैगरी मन्थली नगरपालिकाबाट कुमार श्रेष्ठ, शुक्र माझी र मिना कार्कीले दावी प्रस्तुत गर्ने भएका छन् । भोली बैठकमा आउने नामलाई पार्टीले प्रदेशमा सिफारिस गरेर पठाउने तयारी गरेको रत्नहरि ढुंगेलले जन प्रहारलाई जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४