Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोभियत संघका अन्तिम नेता गोर्बाचोफको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 4.2K
    SHARES

काठमाडाैँ । शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ ।

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाले तर त्यसको विघटन रोक्न सकेनन् । उनी सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति दिलायो ।

सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्ता शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्तत: सोभियत सङ्घकै विघटनसम्म पुर्‍यायो । साथसाथै शीतयुद्धको पनि अन्त गर्न त्यसले मद्दत गर्‍यो । कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोफलाई कहिल्यै माफी दिएनन् । गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घका नेता बनेका थिए ।

त्यतिखेर शक्तिशाली पोलिटब्युरोका उनी सबभन्दा कान्छा सदस्य थिए । उनका पूर्ववर्ती कन्स्टान्टीन चेर्नेन्को एक वर्ष अगाडि ७३ वर्षको उमेरमा बितेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोफले अमेरिकासँग अस्त्र नियन्त्रणका सहमतिहरू गरेका थिए भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध उत्रँदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए ।

पश्चिमा जगतमा उनलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने शर्त निर्माण गर्‍यो । सन् १९९० मा उनलाई पूर्व-पश्चिम सम्बन्धमा ठूलो फेरबदल ल्याउन भूमिका खेलेकोमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे ।

त्यसपछि उनको ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा गयो । सन् १९९६ मा उनले एकपटक फेरि राजनीतिक जीवनमा फर्कने विफल प्रयास गरेका थिए । त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५% मत मात्र प्राप्त गरे । -बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४