Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा बाढी-पहिराेका कारण ३६ जनाकाे मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ५ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा गत शुक्रबारदेखि निरन्तर परेको वर्षाले कम्तिमा २४ जना मानिसको मृत्यु भएको छ ।

अन्य राज्यहरुमा पनि बाढी पहिरोमा पनि अरु १२ जना भन्दा बढी मानिसको मृत्यु भएको छ । हिमाञ्चलमा ज्यान गुमाउनेहरुमा एकै परिविारका ८ जना समेत रहेका छन् । हिमाञ्चलको मण्डी भन्ने स्थानमा मात्रै १३ जनाको मृत्यु भएको हाे ।

सोही राज्यमा दर्जनौं मानिस बेपत्ता भएका छन् । त्यस्तै उत्तराखण्डमा ४ जनाको मृत्यु भएको र १० जना हराईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उडिसा र झारखण्डमा पनि बाढी पहिरोले ब्यापक क्षति गरेको छ । उडिसामा ४ लाख मानिस प्रभावित भएको जनाइएको छ ।

भारी वर्षाका कारण जम्मुकश्मिरको वैष्णेदेवी तथा बद्रि केदारका तीर्थ यात्रा पनि अवरुद्ध भएका छन् । बद्रि केदार जाने सडकहरुमा ब्यापक पहिरो जाँदा यात्रा केही दिन अवरुद्ध हुने नजाइएको छ ।

वर्षा प्रभावित राज्यहरुमा साढे ७ सय बढी सडकमा क्षति पुगेको र आपूर्ति ब्यवस्था समेत अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४