Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी पदाधिकारी २१ सदस्यीय हुने, यी हुन् महासचिवका ७ दाबेदार ! उपमहासचिव ७ र सचिव ९ जना हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३ २०७९
  • 7.1K
    SHARES

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय पदाधिकारी अझै टुङ्गिएका छैनन् । आकांक्षी बढी हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदाधिकारी टुङ्ग्याउन हम्मे-हम्मे परेकाे छ । यसाे हुँदा १५ सदस्यीय हुने भनिएकाे केन्द्रीय पदाधिकारी २१ सदस्यीय हुने भएकाे छ । जसमा उपमहासचिव ७ जना हुनेछन् भने ९ सचिव रहनेछन् ।

त्यसाे त महासचिवमा मात्रै ७ जना नेताहरूले दाबी पेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी समिति बैठकमा ७ जना नेताहरूले दाबी पेश गरेकाे एक स्थायी समिति सदस्यले बताए । उनकाअनुसार बैठकमा देव गुरुङसँगै वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसाल छन् । ती नेताले  जन प्रहारलाई भनेका छन्, ‘उहाँहरू सबैले आफ्नाे आकांक्षा रहेकाे बताउनुभएकाे छ । अध्यक्ष कमरेडलाई मिलाउन गाह्राे परिरहेकाे छ ।’

यसअघि महासचिवका मुख्य दाबेदार मानिएका वर्षमान र जनार्दनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूकाे कारणले पदाधिकारी नटुङ्गिएकाे सन्देश बाहिर गएकाे भन्दै चाँडै पदाधिकारी टुङ्ग्याउन सुझाएका थिए । यसपछि पदाधिकारी टुङ्ग्याउन लागिपरेका प्रचण्डले पदाधिकारीकाे नामावली पटक-पटक सच्याउनुपरेकाे छ । उनले अझैसम्म अन्तिम नामावली तयार पार्न सकेका छैनन् ।

नेताहरूकाअनुसार उनले बिहीबार साँझै नै अन्तिम नामावली भन्दै पदाधिकारीकाे नाम टुङ्ग्याएका थिए । तर, आज बसेकाे स्थायी समिति बैठकमा नेताहरूकाे आकांक्षा सुनेर पुन: अन्तिम गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । आजकाे बैठकमा नेताहरूले प्रचण्डलाई सिधासिधीरूपमै महासचिवमा आफ्नाे दाबेदारी रहेकाे बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४