Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउन ३० गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३० २०७९
  • 2.2K
    SHARES

पञ्चाङ्ग
वि.सं. साउन ३०, २०७९ । ई.सं. १५ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । सोमबार भाद्र कृष्णपक्ष । तिथि- चतुर्थी, २४:४९ बजे उप्रान्त पञ्चमी । नक्षत्र- उत्तरभाद्रपदा , २५:४२ बजे उप्रान्त रेवती । योग- सुकर्मा ६:३४ बजेदेखि धृति, २८:४२ बजे उप्रान्त गण्ड । करण- वव १३:१९ बजेदेखि वालव, २४:४९ बजे उप्रान्त गर । चन्द्रराशि मीन । आनन्दादि योग गद । दिनमान ३२।४४ । सूर्योदय ५:३५ । सूर्यास्त १८:४० । पञ्चक ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले भने साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर लक्ष्यमा पुग्न समय लाग्नेछ। राम्रै मूल्य प्राप्त भए पनि मेहनतको फलमाथि अरूले समेत दाबी गर्न सक्छन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। साथीभाइकाे सहयोग जुट्नाले कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा मानसम्मान र उपहार प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर दिलाउन सक्छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ। महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४