Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गोकुलगंगाको प्रमुख प्रशासकीय अधिकृतमा थापा”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 4K
    SHARES

काठमाडौँ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर थापा आएका छन् । थापाले सोमवार देखि गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन् । यस अघि थापा रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुखका रुपमा कार्यरत थिए ।

प्रमुख प्रशासकीय अधिकृत भएर सोमबार देखि आफ्नो जिम्मेवारी सम्हालेका थापालाई मंगलवार गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), उपाध्यक्ष उषदेवी कार्की लगायतले सफलताको शुभकामना दिँदै सिंगो गाउँकार्यपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी काम गर्न सुझाब दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत थापाले विधि र पद्धति भित्र रहेर नागरिकको समस्यालाई केन्द्रमा राखेर आफूसँग भएको अनुभवलाई प्रयोग गर्दै काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यस्तो छ थापाको ३४ वर्षको जागिरे जीवन !

संयोग नै भन्नु पर्छ ३४ वर्ष अघि तत्कालिन रामेछापको प्रिति गाउँ पंचायतको सचिवबाट सरकारी सेवामा प्रवेश गरेका थापा बहुदल तथा संघीयता स्थापना संगै स्थापना भएको रामेछापकै गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने मौका पाएका छन् ।

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापा विभिन्न पदमा रहेर काम गर्दा गर्दै  २०६८ जेष्ठमा शाखा अधिकृत भएका हुन् । २०६८ चैत्रबाट जिल्ला विकास समिति सर्लाहीमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत भएर स्थानीय निकायमा प्रबेश गरेका थापासँग स्थानीय निकाय तथा स्थानीय तह भएपछि नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको लामो अनुभव रहेको छ ।

मुलुक संघीयतामा जानु भन्दा पहिला र संघीयतामा गइसके पछि २०७१ देखि २०७६ सम्ममा सर्लाही जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरीसकेका छन् । कर्मचारी समायोजन पश्चात् सर्लाहीको बरहथवा नगरपालिका र रामेछापको रामेछाप नगरपालिकामा योजना अनुगमन तथा प्रशासकीय अधिकृतको रुपमा काम गरेका थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९/०४/१८ को निर्णय अनुसार रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न तोकिएपछि २०७९/०४/२३ देखि हाजिर भई काम गर्न थालेका छन् ।

रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख भएर काम गर्दा रामेछाप नगरपालिका बागमती प्रदेशकै सबैभन्दा कम बेरुजु हुने नगरपालिकामा प्रथम भएको थियो भने स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पनि रामेछाप नगरपालिका बागमती प्रदेशकै पहिलो स्थानीय तह भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४