Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसकारण पाउँदैनन् ५ लाख बढी युवाले भोट हाल्न


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २० २०७९
  • 2K
    SHARES

काठमाडौँ । आउँदो मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा करिब ५ लाख युवा भोट हाल्नबाट वञ्चित हुने भएका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै १८ वर्षमाथिका करिब ५ लाख युवा भोट हाल्नबाट वञ्चित हुने भएका हुन् ।

गृहमन्त्रालयको तथ्यांकअनुसारअघिल्लो वर्षको फागुनसम्म ६ लाख ८० हजार ५३३ युवाले नागरिकता लिन बाँकी थियो । जसमध्ये करिब ५ लाख १८ वर्षमाथिका छन् । नागरिकता बनाउनै बाँकी उनीहरुले अब मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भोट खसाल्न पाउने छैनन् । चुनावको मिति घोषणा भएकै दिनदेखि मतदाता नामावलीमा नाम दर्ता रोकिएको छ ।

संसदको दुवै सदनबाट पारित भइ सभामुखले १५ साउनमा प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन । नागरिकता विधेयक ऐन बनेर कार्यान्वयनमा नजाँदै सरकारले बिहीबार चुनावको मिति घोषणा गरेको हो ।

मत हाल्नका लागि मतदाता नामावलीमा नाम हुनुपर्छ, त्यसका लागि नागरिकता चाहिन्छ तर, १६ वर्ष उमेर पुगेका ६ लाख ८० हजार ५३३ जनासँग नेपाली नागरिकता छैन । नेपालको संविधान २०७२ ले मतदानको अधिकारलाई मौलिक हकमा राख्दै मतदाता नामावलीमा नाम हुन नेपाली नागरिकता हुनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४