पुष्कर खड्का
रामेछाप । काठमाडौ कालिमाटीबाट रामेछापका एक पुरुष चार दिनेदखि वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट घरभई हाल काठमाडौंको कालिमाटी बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय बुद्धि बहादुर महत ४ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
काठमाडौं कालिमाटी कोठाबाट साउन १६ गते बिहान करिब ३ बजेतिर निस्कनु भएको र उहाँ अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको उन्का आफन्तले जानकारी दिएका छन् ।
उनका आफन्तका जानकारी अनुसार महतको मानसिक सन्तुलन अलि कमजोर भएकोले आज ४ दिन भईसक्दा समेत अत्तोपत्तो नभएको र महतको परिवारले खोजतलास गरेपनि अझै फेला पर्न नसकेको बताए ।
महत हराएसँगै उनको परिवार चिन्तामा डुबेका छन् । उनको परिवारले यदि कोही कसैले बुद्धि बहादुर महतलाई देख्नु हुने वा भेट्नु हुने माहानुभावले ९८४३४११९५२ मा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।
