Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न सांसद संग्रौलाको माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ८ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताउनुभयो ।

उहाँले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताउनुभयो ।

सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । सको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिनुभयो । साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फपनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धी र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४