Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यागजिनका लागि रणवीरको ‘न्युड’ फोटोसुट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ६ २०७९
  • 2.5K
    SHARES

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले हालै पेपर म्यागजिनको नयाँ कभरको लागि न्युड फोटोसुट गराएका छन् ।

‘न्युड’ फोटो सुटमा रणवीर कार्पेटमा विभिन्न स्टाइलमा पोज दिइरहेका छन् । केही तस्विरमा रणवीर सुतिरहेका छन् भने केही तस्विरमा उभिएर पोज दिइरहेका छन् । जसका कारण बलिउड अहिले तरंगित बनेको छ ।

उक्त म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणवीरले आफ्नो फिल्म र फेसनको बारेमा कुरा पनि गरेका छन् ।

यसअघिको एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘शारीरिक रुपमा नग्न हुन मेरो लागि धेरै सजिलो छ । म हजारौं मानिसहरूका अगाडि मेरा सबै लुगाहरू खोल्न सक्छु । मलाई कुनै आपत्ति छैन, तर त्यहाँका मानिसहरूलाई अलि असहज हुनसक्छ त्यो उहाँहरूको समस्या हो ।’

उक्त फोटोसुटलाई लिएर सामाजिक सञ्जालमा रणवीरको खिल्ली उडाइरहेका छन् । ड्रेसिङ स्टाइलका कारण चर्चा तथा ट्रोल भइरहने रणवीर सिहं यतिबेला भने ‘न्यूड’ फोटो सुटका कारण चर्चामा आएका छन् ।

भारतमा उनका ति तस्बिर राम्रो की नराम्रो भन्ने विषयमा ठूलै बहस सुरू भएको छ ।

उनको तस्बिरपछि अभिनेत्री मिमी चक्रवर्तीले ट्वीटरमा फ्यानहरुलाई लैङ्गिक समानताको बारेमा सोधेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्, ‘रणवीर सिंहको पछिल्लो फोटोसुट इन्टरनेटमा निकै भाइरल भइरहेको छ र धेरै मानिसहरूले अभिनेताको तारिफ गरिरहेका छन् । म सोचिरहेकी थिए कि यदि उनी महिला भएको भए पनि उनको पनि यस्तै प्रशंसा हुने थियो ?’

यस्ता प्रशनहरू अहिले रणवीर माथि उठिरहेका छन् । साथै उनी विभिन्न ट्रोलको पनि सिकार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४