Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ६ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ ।

केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको हो । शुक्रबार नेप्से २७.२६ अंक (१.३३ प्रतिशत)ले गिरावट भएर २०१७.४६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचक घटेका छन् । व्यापार उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक र अन्य उपसूचक २.१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार बजारमा १ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै २१ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाखको कारोबार भएको छ ।

शुक्रबार १७९ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सेयरमूल्य घटेका कम्पनीमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशतले गिरावट हुँदा रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ४.७३ प्रतिशतले गिरावट भएको छ । यस्तै सूर्योदय बोमी लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले गिरावट भएको छ ।

यता सेयर मूल्य बढ्ने कम्पनीमध्ये किसान लघुवित्तको सेयर मूल्य सवार्धिक ८.४१ प्रतिशतले वृद्धि हुँदा गणपति लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४