Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छानबिन समितिले आज पूर्वअर्थमन्त्री शर्मासँग बयान लिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (बुधबार) पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएकाे छ ।

मंगलबार बसेको संसदीय विशेष समितिको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । मंगलबारको बैठकले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छ ।

साेही समितिले यसअघि हराएएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गरेको थियो । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा सोमबारको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो । समितिले सीसीटीभी फुटेज मगाए पनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४