©नेत्र बहादुर कार्की “जन प्रहार”
काठमाडौं । चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका बरिस्ठ उपाध्यक्ष समाजसेवी प्रकाश कटुवाल र चर्चित लोक दोहोरी गायिका राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष उमा श्रेष्ठको चर्चित लोक दोहोरी गित घण्टा भिडियो सहित बजारमा उपलब्ध छ ।
पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फी रुपमा रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकी नै छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।
यसैविच लोकप्रिय चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालको यस बर्षको पहिलो तिज कोसेली ‘घण्टा’ भखर्रै सार्वजनिक भएको छ ।
सुप्रसिद्ध गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको आवाजमा सजिएको उक्त गितमा विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।
शंकर विसीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् । गित “Prakash Katuwal” अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
गितले सबैको मन जितोस् “जन आवाज मिडिया हब प्रा.लि.तथा जन प्रहार डटकम” परिवारको तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :
