Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशेष अदालतमा यस वर्ष इतिहासकै सर्वाधिक मुद्दा फैसला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३१ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । विशेष अदालतले यो वर्ष इतिहासमै सर्वाधिक मुद्दाको फैसला गरेको छ ।

अदालतले शनिबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको असार मसान्तसम्म फर्छ्यौट गर्नुपर्ने ७ सय ८१ मुद्दामा ३ सय ३९ थान अर्थात ४२ दशमलब ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतले मिसिल, प्रमाण र कानुनकै आधारमा फैसला गर्ने बताउँदै अनुसन्धान अभियोजन प्रभावकारी नभएसम्म फैसला प्रभावकारी नहुने उल्लेख गर्नुभयो ।

उहाँले कुनै पनि मुद्दामा फैसला गर्दा आफूले जानीजानी त्रुटि नगरेको जिकिर गर्दै त्रुटि प्रमाणित भए कारवाही भोग्न तयार रहेको स्पष्ट पार्नुभयो ।

विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले अदालतका पूर्वाधार, ऐनबमोजिम तोकिएको सुविधाको सुनिश्चितता र नियमावली अभावले दैनिक कार्यसञ्चालनमा समेत समस्या भएको बताउनुभयो ।

अदालतको कामकारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन प्रयत्नशील रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४