Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुस–युक्रेन खाद्यान्न निकासको सम्झौता नजिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 4.9K
    SHARES

काठमाडौं । भीषण संघर्षका बीच रुस र युक्रेन खाद्यान्न निकासीको सहमति नजिक पुगेका छन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनबाट खाद्यान्न निकासी हुन सकेको छैन । जसका कारण विश्वभर खाद्यान्नको मूल्य आकाशिएको छ । कृष्णसागरस्थित युक्रेनी बन्दरगाहमा लाखौं टन खाद्यान्न फसेको छ ।

दक्षिण पूर्वी युक्रेनमा रुसी बमबारी जारी रहेकै बेला टर्कीमा राष्ट्रसंघीय मध्यस्थतामा भएको वार्तामा देखिने गरी प्रगति भएको बताइएको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले खाद्यान्न निर्यात गर्न दिने रुसी संकेतले आसाको किरण देखाएको बताउनुभएको छ । यद्यपी अझै पूरै सहमति भने भईनसकेको उहाँले बताउनुभयो ।

युद्ध अन्त्य गर्नका लागि वार्ताको संभावनाबारे सोधिएको प्रश्नमा महासचिव गुटेरसले त्यसका लागि अझै लामो यात्रा तय गर्नुपर्ने बताउनुभयो । खाद्यान्न निर्यातका लागि रुसले मार्ग प्रशस्त गरेको खण्डमा कृष्णसागरस्थित ओडेसा बन्दरगाहमा फसेको २ करोड टन खाद्यान्न तत्काल निकासी हुन पाउने छ भने युक्रेनसँग रहेको अरू खाद्यान्न पनि विश्व बजारमा जान पाउने छ ।

यसैबीच, रुसले आफ्नो सेना दोनेत्स्कको सिभक्र्स शहरमा प्रवेश गरेको दाबी गरेको छ । रुसी सेनालाई लुहान्स्कको पृथकतावादी लडाकु समुहले पनि सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४