Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेदरल्यान्ड्स र स्विडेनको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेदरल्यान्ड्स र स्विडेनले युरोकप महिला फुटबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेका छन् ।

इंग्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्ले पोर्चुगललाई ३–२ ले र स्विडेनले स्विट्जरल्यान्डलाई २–१ ले हराएको हो ।

२–० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै खेल २–२ को बराबरीमा ल्याएको पोर्चुगलले अन्ततः ३–२ ले परिणाम सुम्पिएको हो ।

बुधबार राति नैं भएको अर्को खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई २–१ ले हराएको हो ।

बुधबार रातिका खेलहरुपछि नेदरल्यान्ड्स दुई खेलमा चार अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा समान चार अंक जोडेको स्विडेन दोस्रो स्थानमा छ । पोर्चुगल र स्विट्जरल्यान्डले एक एक अंक जोडेका छन् ।

युरोकप फुटबलमा बिहीबार राती समुह ‘डी’ का दुई खेल हुनेछन् । बिहीबार इटालीले आइसल्याण्डसँग खेल्दा फ्रान्स र बेल्जियम भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४