Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मार्च अघि नै आमनिर्वाचन हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २७ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने भएको छ ।

वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले आगामी बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ ।

गत शनिबार देशव्यापी विरोध भएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग भएको छलफलमा राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति राजपाक्षेको ठेगाना अझै अज्ञात छ । आइतबार साँझसम्म राजनीतिक दलभित्र भएको छलफलपछि धेरै सांसदहरूले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलार्ई सरकार नछोड्न, बरु राष्ट्रपति पद सम्हाल्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति निवास कब्जा गरी बसेका प्रदर्शनकारीहरुले भने राष्ट्रपति राजपाक्षेले राजीनामा नदिएसम्म राष्ट्रपतिको निवास नछोड्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४