Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मूल्य वृद्धि अनुमानभन्दा माथि गयो, नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ : गभर्नर अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २७ २०७९
  • 2.6K
    SHARES

 काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारिले  मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने बताएका छन् । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए ।

प्रतिनिधि सभा संघीय संसद अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धि छलफलमा उनले मूल्य वृद्धि नियन्त्रण गर्न  ब्याजदर बढाउनुपर्ने बताए ।

‘विकसित मुलुकहरू न्यून मुद्रास्फीति हुने गरेकोमा २०२२ मा बढेर ५.७ प्रतिशत पुग्ने अनुमान छ । २००८/०९ को मन्दिमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगोको छ, चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन छ । आगामी दिनमा पनि कठिन देखिन्छ’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने, तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

स्टिमुलस प्याकेज ल्याएका  विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उनले बताए । ‘हामीलगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो’ उनले भने, ‘ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चित घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि ।

अहिले नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उनले आयात बढ्नुमा केही अंश परिमाणको कारण भए पनि मुख्य मूल्य वृद्धि रहेको बताए ।

रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने उनको भनाइ छ ।

रलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधा जे जति थिए अहिले कोभिडबाट बाहिर आएर अर्को समस्यामा आएकोले यसलाई बाहिर ल्याउने गरी मौद्रिक नीति आउने बताए ।

‘देशको अवस्थाअनुसारकै मौद्रिक नीति आउँछ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४