Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनार्दन शर्माको राजीनामाले नैतिकताको सन्देश गयो : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।

काठमाडौंमा चलिरहेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै बिहीबार प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभएको हो ।

संसदमा कुरा उठेपछि प्रष्ट कुरा राखेर नैतिकता प्रदर्शन गर्दै शर्माले राजीनामाले दिएको प्रचण्डको भनाइ थियो । शर्माले राजीनामा नगरेको भए यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने षड्यन्त्र भएको पनि उहाँले सुनाउनुभयो ।

उक्त डिजाइनलाई त्यागद्वारा जवाफ दिइएकाले यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने उहाँको भनाइ थियो । शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि प्रचण्डले दाबी गर्नुभयो ।

आर्थिक वर्ष २०७९/०८०को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गरराई करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने कार्यक्रम पनि रहेको छ । गत आइतबारदेखि काठमाडौंमा जारी बैठकमै पदाधिकारी टुंग्याउन केन्द्रीय सदस्यहरुले दाहालमाथि दबाब दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४