Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस इमान्दार नभएको माओवादीको समीक्षा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह चुनावमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको समीक्षा गरेको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको बताइएको छ ।

सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा भएको समझदारी र आवश्यकताको महसुस स्थानीय तहमा नदेखिएको दाहालको प्रतिवेदनमा उल्लेख छ ।

खासगरी नेपाली कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नपाइएको अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा दाहालले राजनीतिक प्रतिवदेन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।

त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ । कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको माओवादीको ठहर छ ।

दाहालको प्रतिवदेनमा नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक हैसियतभन्दा बढी सीट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४