Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिलिपिन्समा राष्ट्रपति मार्कोसको सपथ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले मनिला शहरमा हजारौं मानिसहरूका बीच शपथ ग्रहण गरेका छन् ।

मार्कोस जुनियर भनेर चिनिने ६४ वर्षका उनको सपथग्रहण समारोहमा मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित उपस्थित थिए ।

चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तिले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई पराजित गरेर राष्ट्रपति निर्वाचित भएका हुन् ।बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए ।

मार्कोस जुनियरको जितलाई फिलिपिन्समा फेरि एक पटक मार्कोस वंशको पुनरागमनका रुपमा हेरिएको छ । १९६५ देखि फिलिपिन्सको सत्तामा रहेका फर्डिनान्ड मार्कोस सन् १९८६ मा भएको आम विद्रोहपछि पदच्युत भएका थिए । मार्शल ल लगाएर शासन गरेका उनको कार्यकालमा फिलिपिन्समा व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार पनि भएको थियो ।

पदच्युत भएपछि मार्कोस परिवारले देश छाडेको थिए । त्यतिबेला मार्कोस जुनिएर २८ वर्षका थिए । उनी सन् १९९१ मा फिलिपिन्स फर्केर राजनीतिमा लागेका थिए ।

विश्वले ‘तानाशाह’ भने पनि मार्कोस जुनिएर आफ्ना बावुको शासनकाललाई फिलिपिन्सको सुनौलो समय भन्छन् । आफ्ना बावुले गरेका काम भन्दै सामाजिक सञ्जालमा झुटो प्रचार गरेर उनले फिलिपिन्सका युवा मतदाताको मन जितेर राष्ट्रपति चुनिएको आरोप छ ।

उपराष्ट्रपतिमा निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टो चुनिएको थिइन् । मार्कोस र डुटेर्टो परिवारले सँगै रहेर चुनावी प्रचार प्रचार गरेका थिए । साराले पनि उपराष्ट्रपतिको शपथ लिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४