काठमाडौं । रामेछाप–काठमाडौँ पत्रकार समाजमा अध्यक्षमा दिपेन्द्र गुरुङ निर्वाचित भएका छन् । राजधानीमा २०७९ असार ११ गते सम्पन्न भएको समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
“त्यसैगरी,कार्यसमिति,पदाधिकारीहरुमा”
समाजको उपाध्यक्षः एसिमा महत महासचिवः प्रज्वल पौडेल ,सचिवमा: एलिना कार्की, कोषाध्यक्षः दुर्गा खड्का चयन भएका छन् ।
त्यसैगरी”सदस्यहरुमा” घनश्याम श्रेष्ठ,पवन बराइली,राजकुमार खाती,सुवास सुनुवार ,रहेका छन् ।
उक्त अवसरमा रामेछापका पत्रकारहरुलाई त्यस कार्यक्रमा प्रमुख अतिथिको रुपमा निम्त्याइएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको हातवाट सम्मान पत्र समेत प्रदान गरिएको थियो । सम्मानित हुने पत्रकारहरु यसप्रकार रहेका छन् ।
- नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यः माधव पौडेल ।
- नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यः ज्ञानप्रसाद पौडेल ।
- नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला अध्यक्षः सूर्य सुवेदी ।
रहेका छन् ।
ज्ञान प्रसाद पौडेल विदेश भ्रमणका रहेका कारण कार्यक्रमा उपस्थित थिएनन् भने माधव पौडेल र सूर्य सुवेदी दुईजनाले सम्मान पत्र ग्रहण गरेका थिए ।
त्यसैगरी रामेछाप–काठमाडौ पत्रकार समाजलाई सहयोग गर्ने रामेछापकै तर हाल विदेशमा रहेका समाजसेवी सोनाम गेल्बु शेर्पालाई सम्मान गर्ने कार्यक्रम रहेको भएपनि उनि कार्यक्रममा उपस्थित हुन नसकेको कारण समाजका निवर्तमान अध्यक्षले उनलाई दिने बताएका थिए ।
रामेछापवाट काठमाडौमा आई पत्रकारिता पेशामा आवद्ध पत्रकारलाई समेटेर काम गर्न खोलिएको संस्थामा उल्लेखिय मात्रामा सहभागिता भएको थिएन । युवाराज विद्राहीले त खवर नगरेको भनेर सामाजिक सञ्जालमा लेखिसकेका छन् ।
काठमाडौ पत्रकार समाजका पदाधिकारीहरुले जान जान रामेछापका पत्रकारहरुलाई नछुटाएको तर अञ्जानमा छुटेको हुनाले आउदा दिनमा सवैको उपस्थितिलाई विवेकले भ्याएसम्म समेट्ने निवर्तमान अध्यक्ष प्रेम गौतमले बताएका छन् ।
