काठमाडौँ । कामना सेवा विकास बैंकले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा १० असार शुक्रबारबाट कैलाली जिल्लाको जानकी गाउँपालिका–५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
