Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला पार्टी खोल्ने मेरो कुनै योजना होइनः रामकुमारी झाँक्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 2.6K
    SHARES

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले छुट्टै पार्टी खोल्नेबारे आफ्नो कुनै योजना नभएको स्पष्ट पारेकी छन् ।

केही दिनअघि मात्र मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएपछि उनले महिलाको ठाउँमा महिलालाई सिफारिस नगरिएको भन्दै छुट्टै महिला पार्टी खोल्नेबारे सामाजिक सञ्जालमा बहस चलाएकी थिइन् । आज शनिबार उक्त पोस्ष्टबारे स्पष्टीकरण दिँदै मन्त्री झाँक्रीले आफ्नो कुनै त्यस्तो योजना नभएकोदाबी गरेकी हुन् ।

उनले पत्रकार रवि लामिछानेले ‘स्वतन्त्र’ नाम राखेर नयाँ पार्टी खोलेको जल्दोबल्दो विषयमा आफूले खोज्दै जाँदा ‘ग्राब्रिया’ नामक महिलाहरूको पार्टीबारे थाहा पाएको र सोबाट प्रभावित भई आफूले रुचि हुनेहरूसँग बहस गरौँ भन्नलाई मात्र महिला पार्टी खोल्ने विषयमा पोस्ट गरेको बताएकी छन् ।

उनले सो पोस्टसँग आफ्नो कुनै योजना नजोडिएको दाबी गरेकी छन् । साथै, महिला पार्टी सम्बन्धित सो पुरानो पोस्ट पनि उनको फेसबुकबाट अहिले हटिसकेको छ ।

उनले भनेकी छन्, ‘केही दिनअघि रविजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ। नाम प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिष्ट बनाएर गुगल सर्च गरेँ। अनि यो तलको पार्टीको नाम भेटेँ, सिद्धान्त पढेपछि मलाई मनपर्यो। सार्वजनिक बहस गरौं न भन्ने ठानेर रूचि हुने साथिहरूको लागि पोष्ट गरेको हुँ। यो पोष्टसंग मेरो कुनै योजना जोडिएको विषय भने होइन।

स्पष्टीकरणः

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४