Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको पुनरोदयका लागि वामदेवको प्रस्ताव : एकल अध्यक्ष, प्रत्यक्ष निर्वाचित राष्ट्रपति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकताका लागि वार्ता थाल्ने भएका छन् ।

शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले वार्ता कमिटी बनाउने प्रस्ताव गरेका हुन् । उनले भनेका छन्, ‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं ।

जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने उनले बताएका छन् । यो सम्भव नभए एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ ।

नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएको भएका सहमति र समझदारीहरुलाई नै संशोधनसहित अघि सारेका छन् ।

दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने भन्दै गौतमले आफ्नो राजनीतिक प्रस्तावमा भनेका छन्, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।

गौमतले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिने पाउने व्यवस्था गर्ने प्रस्ताव पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४