Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न शक्तिकेन्द्र धाउँदै आकांक्षी, भुवन केसी पनि लबिङमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 7.6K
    SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन मागेसँगै आकांक्षीहरुको दौडधुप बढेको छ । एक दर्जन फिल्मकर्मी अध्यक्ष बन्ने लबिङमा सक्रिय भएका छन् ।

अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती, नरेश पौडेल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, अरुण प्रधानसहितका केही फिल्मकर्मी यतिबेला अध्यक्ष बन्ने दौडधुपमा लागेका छन् ।

आकांक्षीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्रीपत्नी आरजु राणा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित शक्तिकेन्द्रहरुलाई भेटिरहेका छन् । कतिपय आकांक्षी गुपचुप रुपमै लबिङ गरिरहेका छन् भने कतिपयले मिडियामै यसबारे बोलिरहेका छन् ।

भुवनले त भित्री रुपमा मन्त्रीदेखि प्रधानमन्त्रीलाई भेटेर अध्यक्षको लागि लबिङ गरेको स्रोत बताउँछ । हालै मात्र सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका भुवनले जन प्रहारसँगको कुराकानीमा पार्टीले जिम्मा दिए आफू जिम्मेवारीबाट पछि नहट्ने बताउँदै बोर्ड अध्यक्ष बन्ने संकेत गरेका थिए ।

कतिपयले बोर्ड अध्यक्ष बन्ने सर्तमै भुवन कांग्रेस प्रवेश गरेको बताउँदै आएका छन् । कांग्रेस नेता प्रकाशमान सिंह निकट मानिने निर्देशक उप्रेती पनि अध्यक्ष बन्ने दौडधुपमा छिन् । उनले त सार्वजनिक रुपमै आफू लबिङमा सक्रिय भएको बताइसकेकी छन् ।

निर्देशक नारायण पुरी, रमेश बुढाथोकी, चिरञ्जीवी बस्नेत, निर्देशक दयाराम दाहाल समेत अध्यक्ष बन्ने दौडधुपमा सक्रिय रहेको स्रोत बताउँछ । मन्त्रालयले १५ दिने सूचना दिएर आवेदन मागेसँगै यतिबेला आकांक्षीहरु बायोडाटा बनाउने लगायतका कागजपत्र बनाउन व्यस्त छन् ।

तर स्रोतहरु चाहिं भुवन, सम्झना, मनिष र नरेशको पल्ला भारी रहेको दाबी गर्छन् । यी सबै फिल्म निर्माता कांगे्रस निकट हुन् । तर विज्ञ चाहिं सक्षम र इमान्दार मान्छे मात्र अध्यक्ष बन्नुपर्ने बताउँछन् । दलहरुले बोर्डमा कार्यकर्ता मात्र भर्ती गरेको आरोप लाग्दै आएको छ ।

जेठ २३ गते दाहालको अध्यक्षको कार्यकाल सकिएपछि बोर्डको नेतृत्व रिक्त छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४