काठमाडौं । नेकपा एमाले रामेछापका नेता चित्र बहादुर कार्कीको निधन भएकोे छ ।
काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । रामेछाप उमाकुण्ड गाउँपालिका निवासी कार्की केही समय अघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
कार्की एमाले बामगती प्रदेश कमिटी सदस्य एवं २०५४ सालको स्थानीय निर्वाचनका पूर्व गाविस अध्यक्ष भएका कार्की लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहदै आएका व्यक्ति थिए ।
एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले कार्कीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् । उनले दुःखको यस घडीमा आफन्तजन एवं परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
