Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालिका बलात्कारका अभियुक्त जोगाउनेलाई कारबाही गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले  महान्यायाधिवक्ताको कार्यालय बलात्कारका अभियुक्तलाई जोगाउन लागिपरेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ ।

बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालयले दबाव दिएको र त्यो दबाव नमानेका कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् ।

ललितपुरमा सुशील चटौत जोडिएको बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई महान्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको थियो ।

‘पीडकलाई उन्मुक्ति दिन, बालिकालाई होस्टाइल गर्न र मुद्दालाई कमजोर बनाउन संलग्न राज्यका निकाय, व्यक्ति र महान्यायाधिवक्ता समेतलाई छानबिनको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं’ अभियानले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आजैका मितिदेखि पीडित बालिकालाई सरकारले संरक्षणमा लिई भविष्यमा अरु बालबालिकाउपर हुनसक्ने यस्ता घटनामा अभिभावकत्व ग्रहण गर्न सरकार तयार छ भन्ने सन्देश दिन पनि हामी जोडदार माग गर्दछौं ।

अभियानले यो घटना बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि नेपालको विश्वव्यापी, अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता र संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाको गम्भीर उल्लंघन भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४