Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृष्णाको आँसु देखेर पग्लिए गोविन्दा, ६ वर्षको बिछोडपछि भान्जालाई दिए माफी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३१ २०७९
  • 4.7K
    SHARES

एजेन्सी । बलिउडका चर्चित अभिनेता गोविन्दा र उनको भान्जा कृष्णा अभिषेकबीचको सम्बन्ध सुध्रिएको छ । दुईबीच वर्षौदेखि चलिरहेको विवाद अन्ततः गोविन्दले आफ्नो भान्जा कृष्णालाई माफी दिए पछि सम्बन्ध सुध्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिसाएका मामा गोविन्दालाई मनाउन कृष्णाले धेरै पटक सार्वजनिक रुपमा माफी मागेका पनि थिए । यी दुई मामा–भान्जालाई मिलाउने काम प्रख्यात होस्ट मनीष पलले गरेका हुन् । उनको कारणले यो सम्बन्ध सुध्रिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मनीष पलको पोडकास्ट शो मा गएका कृष्णाले रुँदै आफ्ना मामा गोविन्दासँग माफी मागेका थिए । उनले आफ्नो भान्जाको माफी खुलेर स्वीकार गरेका छन् । सन् २०१६ देखि गोविन्दा र कृष्णाको सम्बन्ध बिग्रिएको थियो ।

दुवै परिवारबीचको विवाद भने कृष्णा र गोविन्दाको कारणले भएको होइन । कृष्णाकी पत्नी कश्मीरा शाहले एक ट्वीट गर्दै गोविन्दाको अपमान गरेको आरोप गोविन्दाकी पत्नी सुनिताले लगाएपछि दुवै परिवारको सम्बन्ध ब्रिग्रिएको थियो । सो ट्वीटमा कश्मीराले ‘मानिसहरु पैसाको लागि नाच्छन्’ भन्ने कमेन्ट गरेकी थिइन् । त्यसपछि दुवै परिवारको बाटो अलगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४