Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी अब नेपालको वामपन्थी आन्दोलनका रूपमा नरहेको शंकर पोखरेलको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २८ २०७९
  • 6.3K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका वामपन्थी दलहरूले आफ्नो शक्तिमा ठूलो क्षति बेहोरेको टिप्पणी गरेका छन् ।

आज शनिबार एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले विगतमा हासिल गरेकोभन्दा केही सिट संख्या बढाउने बाहेक अन्य प्रगति नगरेको दाबी गरेका हुन् । उनले अघिल्लो निर्वाचनको तुलनामा माओवादी केन्द्रको जनमत घटेको समेत बताएका छन् ।

महासचिव पोखरेलले भने, ‘२०७४ सालको स्थानीय निर्वाचनमा उसले १७ प्रतिशतको हाराहारीमा जनमत प्राप्त गर्न सफल भएको थियो । आज त्यो जनमत घटेर १३ प्रतिशतमा पुगेको छ ।’

उनले अब नेकपा माओवादी नेपालको वामपन्थी आन्दोलनका रूपमा नरहेको दाबी पनि गरे । अलग शक्तिको रूपमा उसले स्वतन्त्र भूमिका खेल्न सक्दैन भन्ने कुरा यो स्थानीय तहको निर्वाचनले प्रमाणित गरेको छ,’ उनले भने, ‘अब उसका लागि नेपालको राजनीतिमा अस्तित्व रक्षाका लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता आफैले खडा गरेको छ ।’

पोखरेलले एमालेको प्रतिस्पर्धी अब माओवादी वा एकीकृत समाजवादी नभई नेपाली कांग्रेस मात्रै भएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४