Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुस विरुद्ध युद्ध लडेको आरोपमा ३ जनालाई मृत्युदण्डको सजाय


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २७ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । युक्रेनको पक्षबाट रुस विरुद्ध युद्ध लडेको आरोपमा पूर्वी युक्रेनको एउटा रुस समर्थित अदालतले दुई ब्रिटिश तथा एक मोरक्कन नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आर.आइ.ए.एन.ले जनाएको हाे । युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू रुसी सेनाको कब्जामा परेका थिए । अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायका विषयमा पुनरावेदन गर्न सक्ने बताएका छन् ।

बेलायत सरकारले आफ्ना नागरिकहरूलाई दिइएको मृत्युदण्डप्रति गहिरो चासो व्यक्त गरेको जनाएको छ। बेलायत सरकारका प्रवक्ताले जेनेभा महासन्धि अन्तर्गत युद्धबन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएका छन् । ब्लायती विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई कुनै वैधता नभएको बनावटी निर्णयको संज्ञा दिनुभएको छ।

रुसले उक्त पृथकतावादी क्षेत्र र लुहान्स्क गणराज्यलाई फेब्रुअरीमा युक्रेनमा हमला सुरु गर्नुअघि नैं मान्यता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४