Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको आर्थिक वृद्धिदार ४ प्रतिशत : विश्व बैंक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २५ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदन का अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो ।

विश्व बैंकले यसअघि जनवरीमा गरेको प्रक्षेपणभन्दा शून्य दशमबल २ प्रतिशत बिन्दुले बृद्धिदरको अनुमान घटाएको हो । यस्तै अर्को वर्ष २०२३/२४ मा भने नेपालले आर्थिक बृद्धिदर ५ दशमबल ८ प्रतिशत पुग्ने पनि बैंकको प्रक्षेपण छ ।

केन्द्रीय तथ्यांक विभागले भने चालु आर्थिक बर्ष नेपालको आर्थिक बृद्धिदर ५ दशमलब आठ चार प्रतिशत पुग्ने जनाएको छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धिदर माल्दिभ्सको १० प्रतिशत माथि पुग्ने अनुमान गरेको छ । यसैगरी, भारतको साढें ७ प्रतिशत र बंगलादेशको ६ दशमबल ७ प्रतिशत आर्थिक बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

यस्तै, भुटानको ४ दशमलब ७ र पाकिस्तानको ४ प्रतिशत आर्थिक बृद्धि हुँदा संकटग्रस्त श्रींलकाको आर्थिक बृद्धि भने साढें ३ प्रतिशतले ऋणात्मक रहने विश्व बैंकको अनुमान छ । यो बर्ष समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक बृद्धि ६ दशमबल ८ प्रतिशतमा सीमित हुने विश्ब बैंकको अनुमान छ ।

यसअघि यस क्षेत्रले ७ दशमलब ६ प्रतिशत बृद्धि हासिल गर्ने अनुमान बैंकले गरेको थियो । जबकी यसैबर्षको जनवरीसम्म पनि आर्थिक बृद्धि ४ दशमबल १ प्रतिशत पुग्ने अनुमान गरेको थियो । महामारीका बाबजुद पनि अघिल्लो बर्षको विश्वको आर्थिक बृद्धि ५ दशमलब ७ प्रतिशत पुगेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४