Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेसलाई बहुमत, माओवादी पनि भित्रियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवाहरु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । कांग्रेसबाट १९ जना निर्वाचित वडाध्यक्ष यसअघि नै कार्यपालिकामा आइसकेका छन् । एमालेबाट उपमेयरसहित १३ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्ने छन् । एकीकृत समाजवादीका एक निर्वाचित वडाध्यक्षसहित दुई र माओवादीका एक जना पनि कार्यपालिकामा आएका छन् ।

मंगलबार भएको निर्वाचनमा महिला सदस्य पदमा कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी, नेकपा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादी केन्द्रकी अनिता कार्की ढोली निर्वाचित भएका छन् । माओवादीले एक जना पनि वडा सदस्य जितेको थिएन । तर दलित र अल्पसंख्यक कोटामा बाहिरबाट पनि कार्यपालिका सदस्य निर्वाचित गर्न सकिने व्यवस्था अनुरुप सत्ता गठबन्धनले माओवादीकी ढोलीलाई कार्यापलिका सदस्यको उम्मेदवार बनाएको थियो ।

गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

महानगरको कार्यपालिकामा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र थप ८ जना कार्यपालिका सदस्य छन् । निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४