Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् । संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा माहोल बनेको र गठबन्धनबाहिका दलहरू पनि गठबन्धनसँग जोडिन चाहिरहेका बेला मन्त्री फेर्दा त्यसको असर सरकार र सिंगो गठबन्धनमा नै पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री देउवा तत्कालमन्त्री हेरफेर नगर्ने निर्णयमा पुगेका हुन् ।

‘प्रधानमन्त्री अहिले सरकारमा रहेका मन्त्रीलाई हटाउने सोचमा हुनुहुन्न, यसले सरकार र सिंगो गठबन्धनलाई नै असर पर्ने उहाँको बुझाइ छ, एउटा दलको मन्त्री हेरफेर गर्दा गठबन्धनमा रहेका अन्य दलमा पनि त्यो आवाज उठ्छ भन्ने प्रधानमन्त्रीको विश्लेषण छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले राजधानीसँग भने । सरकारमा सहभागीमध्येको एकघटक नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकमार्फत आफ्ना दलबाट सरकारमा सहभागी विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठलाई फिर्ता बोलाएर सो स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो ।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रूपमा सिफारिस गरेको थियो । सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको दाबी गरिएको थियो भने सोमबार शपथ गर्नेगरी तयारीसमेत भएको बताइएको थियो । तर, प्रधानमन्त्रीको सचिवालय स्रोतले भने मन्त्री हेरफेरको लिस्ट प्रधानमन्त्रीसमक्ष नआएको बताएको छ । ‘उहाँहरूको दलभित्रको बैठकमा भएको निर्णयको औपचारिक जानकारी र मन्त्री हेरफेरको लिस्ट आएकै थिएन, प्रधानमन्त्रीको इच्छा पनि छैन,’ बालुवाटार स्रोतले भन्यो ।

यो समाचार आजको राधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४