Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १५ २०७९
  • 8.4K
    SHARES

काठमाडाैँ । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । साँझ ६ बजे बस्ने संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो ।

संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यस्तै अर्थमन्त्री शर्माले संसदमा आर्थिक विधेयक २०७९ पेश गर्ने समेत सम्भावित कार्यसूची रहेको छ ।

बजेट पेश गर्नुपूर्व सरकारको नीति तथा कार्यक्रम संसदले बहुमतले पारित गरिसकेको छ । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार बहुमतले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४