Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अवतार-२’को टिजरलाई २४ घण्टामा १४ करोड ८६ लाख पटक हेरियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 7.4K
    SHARES

काठमाडौं । सोमबार बेलुका रिलिज भएको जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजरप्रति उच्च क्रेज देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक) अनलाइनमा हेरिएको छ ।

डिज्ने र ट्वेन्टिथ सेन्चुरीका अनुसार चीनबाट मात्र २३ मिलियन पटक हेरिएको उल्लेख छ । ‘अवतार-२’ को अनलाइन भ्युज स्टारवार्स फिल्म ‘स्टार वार्स : द राइज अफ स्टाइवाकर’भन्दा उच्च हो ।

‘अवतार २’को यो भ्युजमा युट्युब र अन्य सामाजिक सञ्जालको तथ्यांक उल्लेख छैन । कतिपय मुलुकमा यसैसाता रिलिज भएको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’सँगै ‘अवतार २’को टिजर प्रदर्शन भएको थियो ।

यसअघि रिलिजको २४ घण्टामा एफ-९ : द फास्ट सागालाई २०२.७ मिलियन, ब्ल्याक विडोलाई ११६.८ मिलियन, इन्क्रेडिबल्स २ लाई ११३.१ मिलियन र राइज अफ स्काइ वाकरलाई ११२.४ मिलियन पटक हेरिएको थियो ।

‘अवतार २’ नेपालमा पनि पुस १ गते रिलिज गर्ने तयारी छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ले विश्व बक्स अफिसमा २.८४ बिलियन डलर कमाउँदै धेरै कमाउने फिल्मको रेकर्ड राखेको थियो । सेप्टेम्बर २३ मा फिल्मको पुनः प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४