Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख २७  गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 9.9K
    SHARES

पञ्चाङ्ग
वि.सं. वैशाख २७, २०७८ । ई.सं. १० मे २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल उत्तरायण वसन्त । मंगलबार वैशाख शुक्लपक्ष । तिथि- नवमी, १५:२७ बजे उप्रान्त दशमी । नक्षत्र- मघा, १५:१८ बजे उप्रान्त पूर्वफाल्गुनी । योग- ध्रुव, १७:३० बजे उप्रान्त व्याघात । करण- कौलव १५:२७ बजेदेखि तैतिल, २७:४० बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादि योग काल । दिनमान ३३।२४ । सूर्योदय ५:२० । सूर्यास्त १८:४२ । सिताजयन्ती ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सजिलै सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीले प्रसन्नता दिलाउनेछन्। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, सफलता प्राप्त हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्रोत पहिचान भए पनि फाइदा कम मात्र हुनेछ। प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ। नयाँ काम थाल्न भने समय लाग्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सानो प्रयत्नले चल–अचल सम्पत्ति लाभ हुने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले जिम्मेवारी दिलाउनेछ भने सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुनेछ। भेटघाटले महत्त्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। समाजमा सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चाेटपटककाे याेग रहेकाले होसियारीसाथ काम गर्नुहाेला। फाइदाका पछि लाग्दा केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। खर्चिलाे काम गर्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। पेसा–व्यवसायमा उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। केही श्रम परे पनि आजको मिहिनेतले पछिसम्म लाभ दिलाउन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। पहिलेकाे उपलब्धि जाेगाउने प्रयास गर्नुहाेला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

# हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४