Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनको सम्पूर्ण तयारी सकियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २५ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरेको छ । सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न आयोगले आम मतदातासंग आग्रह गरेको छ ।

७ सय ५३ स्थानीय तहमा स्थानीय निवार्चन गर्नेको लागि केन्द्रको निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरेको छ । सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न अपिल गर्दै उसले अब चुनावको प्रतिक्षा रहेको जनाएको छ । आयोगको केन्द्रमा सम्पूर्ण तयारी पुरा गरेकोमा कर्मचारीहरु खुसी देखिन्छन ।

मतपत्र सबै तहमा पुगेको, उम्मेदवारहरुको नामावली प्रकाशित लगायतको काम भइसकेको आयोगले जनाएको छ । आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार निर्वाचनका लागि आयोगले सबै तयारी पुरा गरेको छ ।

जिल्ला जिल्लामा अनुगमनको काम भइरहेको, सवारी पासको व्यवस्था गरिरहेको, सुरक्षा विश्लेष्ण र अनुगमन भइरहेको आयोगले जनाएको छ । आयोगमा अहिले विभिन्न स्थानबाट आएका उजुरी अध्ययन र सोहि अनुरुप फाटफुटका विभिन्न काम भइरहेको छ । सबै तहको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी लगायतको सुरक्षा संमन्वय र सुरक्षा विश्लेष्ण भइरहेको छ । आयोगले विनासंकोच मतदानका लागि आव्हान गरेको छ ।

थोरै समयमा आयोगले गरेको चुस्त दुरुस्त तयारी आफैंमा प्रशंसनीय छ । स्थानीय निकायको दोस्रो चुनावसंगै अग्निपरीक्षामा रहेको संघीय प्रणाली स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४