Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घोडेजात्राका घोडा: ७ वर्षमा ड्युटी, २० वर्षमा रिटायर्ड हुन्छन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २२ २०७५
  • 13.7K
    SHARES

काठमान्डू  चैत २२ गते शुक्रबार / बाह्रौं शताब्दीमा भारतको हरियाणामा घोडा कुदाउने चलन प्रख्यात थियो। त्यही सिको गर्दै मल्ल राजाहरूले काठमाडौं भित्र्याएको घोडेजात्रा आज पनि जारी छ।

सेनाले आफ्नो सैन्य कौशल देखाउने यो जात्रामा यसपालि ७५ वटा घोडाले २४ थरीका प्रदर्शन गर्दै छन्।

ती घोडालाई जात्राको निम्ति कसले तयार गराउँछ? कति समय लाग्छ?

घोडाजात्रामा प्रयोग हुने सबै घोडा नेपाली सेनाका हुन्। एउटा घोडालाई कम्तिमा दुई वर्ष तालिम दिएपछि मात्र जात्रामा सरिक गराउन टुँडिखेलको मैदानमा ओरालिन्छ।

यसका लागि सेनाले चितवनको प्रजनन् केन्द्रबाट तीन वर्ष उमेरका घोडा ल्याउने गरेको छ। तालिमकै क्रममा कुन घोडा कुन प्रदर्शनलाई योग्य छ भन्ने निर्क्यौल गरिन्छ र त्यहीअनुसार पोख्त बनाइन्छ।

कम्तिमा दुई वर्ष तालिम पाएको घोडा उमेरले सात वर्ष नाघेपछि ‘ड्युटी’ का लागि परिपक्व मानिने नेपाल क्याभलरीका कमान्डिङ अफिसर हरिबहादुर चौहानले जानकारी दिए।

यसरी नियुक्त भएको घोडा बढीमा १३ वर्ष ड्युटीमा रहन्छ। बीस वर्ष उमेर पुगेपछि ‘रिटायर्ड’ हुन्छ।

नेपाली सेनासँग अहिले १ सय ६ वटा घोडा छन्। तीमध्ये ३२ वटा बग्गीका लागि, ६४ वटा राइडिङका लागि प्रयोग हुन्छन् भने १० वटा पोनी घोडा छन्। घोडेजात्रा, शिवरात्रि तथा अन्य राष्ट्रिय चाडपर्वमा करतब देखाउने र औपचारिक अवसरहरूमा प्रदर्शन गरिने घोडा यिनैमध्येका हुन्।

सैन्य उत्सवदेखि विभिन्न औपचारिक समारोहमा घोडा प्रयोग गर्नुपर्ने भएकाले सेनाले प्रजनन् केन्द्र सञ्चालन गरेको हो। यसको स्थापना २०४१ सालमा भएको थियो।

चितवन, भरतपुरस्थित ‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ मा ८५ वटा घोडा छन्। प्रजनन् केन्द्रमा यस वर्ष मात्र १८ वटा घोडाका बच्चा जन्मिएको त्यहाँका प्रमुख प्राविधिक सेनानी डा. एमपी शाहले बताए।

उनका अनुसार २०७५ सालमा २० वटा बच्चा जन्माउने योजना थियो। अझै दुईवटा जन्मिन बाँकी छ।

नेपालमा वार्षिक १५ वटा घोडा आवश्यक पर्छ। कहिलेकाहीँ अभाव भए पनि दस वर्षदेखि आयात गरिएको छैन। प्रजननकै लागि भने आवश्यकताअनुसार ल्याउने गरिन्छ।

‘हामीलाई आवश्यकताअनुसार घोडा उत्पादन गर्न ४० वटा माउघोडी चाहिन्छ। तर, हामीसँग २७ वटा मात्रै छन्,’ शाहले भने, ‘नेपाली सेनालाई चाहिनेजति घोडा पुर्याउन अझै ५ वर्ष लाग्छ।’

उनका अनुसार घोडाको बच्चा जन्मिन ११ महिना लाग्छ। कतिपयले जुम्ल्याहा जन्माउँछन्, तर ती प्राय: जीवित रहँदैनन्।

घोडाको बच्चाले जन्मिएपछि ६ महिनासम्म दूध खान्छ। तीन वर्ष प्रजनन केन्द्रमा राखेर हुर्काएपछि सेनाको नेपाल क्याभलरीलाई दिने गरिन्छ। त्यहीँ घोडाले तालिम पाउँछ।

अठ्ठाइस बिघाहामा फैलिएको प्रजनन् केन्द्रमा घोडा चराउनेदेखि बासस्थानसम्म छ। हेरचाहका लागि दुई चिकित्सकसहित ५४ जना सैनिक छन्।

यी घोडालाई दैनिक तीनपटक दाना खुवाइन्छ। दानामा जौ, चना, चोकर, सोयाबिन, नुन, भिटामिन र आलसको तेल मिसिएको हुन्छ। घोडाको दानाका लागि वार्षिक ८ लाख रूपैयाँ खर्च हुने गरेको छ।

प्रजनन केन्द्रमा घोडाको समूह, जात र उमेरअनुसार भिन्दाभिन्दै कक्ष छन्। भाले र पोथीलाई छुट्टाछुट्टै राख्ने गरिएको छ। अस्वस्थ घोडा र गर्भिणी घोडीलाई पनि छुट्टाछुट्टै राखिन्छ। गर्भिणी घोडीलाई भिटामिन र मिनरल्स मिलाएर खुवाउने गरिएको सेनानी शाहले जानकारी दिए।

घरपालुवा जनावरजस्तै जात्रामा करतब देखाउने यी घोडाको पनि नाम राखिएको हुन्छ। सैनिकहरू घोडसवार गर्दा नामै काढेर बोलाउने गर्छन्।

कस्ता हुन्छन् त घोडाका नाम?

‘हिमशिखा, रुवी, अंगत, देवकी,’ चौहानले केही नाम टिपाउँदै भने, ‘लन्डन ब्वाइ, गोल्डेन ब्वाइ, नर्दन स्टारजस्ता नामका घोडा पनि छन्।’

मारुनी, करिना, कट्रिना र करिश्मा नामका घोडी पनि रहेको उनले जानकारी दिए।

प्रजनन गराउन सुरक्षित राखिएका घोडा स्टालियन, साँढ, राजाजस्ता नामले चिनिन्छन्। प्रत्येक ५ देखि ७ वर्ष अवधिमा भारत, पाकिस्तान लगायत देशबाट स्टालियन मगाउने गरिन्छ।

प्राकृतिक रूपले प्रजनन गराएर बच्चा जन्माउन यसरी विदेशबाट झिकाउने गरिएको हो। हाडनातामा प्रजनन गराउन प्रतिबन्ध छ।

नयाँ जन्मिएको बच्चाको नाम आमा र बाबुको पहिलो अक्षरबाट राख्ने नियम छ। यसको सधैं पालना भने हुँदैन।

                                                                                                                                                                                                                                                                                                हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२ 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४