Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय नायिकाले कण्डम बेचेपछि …


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 7.1K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री नुसरत भरूच्चा लाई कण्डम बेचेपछि आलोचकहरुले डी ग्रेड अभिनेत्रीको संज्ञा दिएका छन् ।

नुसरत आफ्नो आउदै गरेको फिल्म ‘जनहित में जारी’ का कारण आलोचित भएकी छिन् । नुसरत यो फिल्ममा सेल्सगर्लको भूमिकामा देखिएकी छिन् । उनले यसमा कण्डम बेच्ने र कण्डमबारे जनचेतना फैलाउने काम गर्छिन् । फिल्मले कण्डमको बारेमा मानिसहरूलाई सचेत गराउने छ ।

उनको यो फिल्म १० जुनमा सिनेमा हलहरूमा प्रर्दशन हुने भएको छ । फिल्मको टेलर भने छिट्टैनै सार्वजनिक गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मको टिजर सार्वजनिक भएपछि नुसरतले कण्डमको प्रचार गरेको भन्दै आलोचकहरूले उनको आलोचना गरेका हुन् । नुसरतले आलोचना गर्नेहरूको कमेन्टलाई स्क्रिनसट लिएर जनहितमा जारी भन्दै सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । सथै उनले मानिसमा भएको यही सोच बदल्न आफूले यो काम गरेको बताएकी छिन् ।

फिल्मका आलोचकहरू मात्र नभएर प्रसंशकहरू पनि रहेका छन् , जसले फिल्मको कथालाई बोल्ड र चेतना भएको राम्रो मानेका छन् । फिल्म ‘जनहित में जारी’ को पोष्टहरूमा हास्यास्पद ट्यागलाइनहरू लेखिएका छन् ।

कण्डमको प्रयोग आन्तरिक मामिला होइन यो जानकारी अब जनहितमा जारी गरिएको छ भन्ने फिल्मको सन्देश रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४