Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय भलिबलमा एपीएफको दोस्रो जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 12.2K
    SHARES

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा सशस्त्र प्रहरी क्लब एपीएफले दोस्रो जित निकालेको छ ।

राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफले एभरेष्टमाथि २५–१३, २५–१०, १९–२५ र २५–१९ को सेटमा जित निकालेको हो ।

महिला तर्फकै दोस्रो खेलमा नेपाल पुलिस क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराउँदै तेस्रो जित निकालेको छ । पुलिसले न्यु डायमण्डमाथि २५–११, २५–१७ र २५–१५ को सेटमा जित निकालेको हो ।

पुरुषतर्फ पहिलो खेलमा गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपाल र नेपाल पुलिस क्लब भिड्दैछन् । अपरान्ह ४ बजे शुरु हुने पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्ने छन् । यस्तै, सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५÷३५ हजार पाउने छन् भने उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५÷१५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४