Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवा निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिनाई हुने भएकाले त्यसतर्फ नेपाल सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिने निर्णय भएको बताए ।

‘इन्टरनेट बन्द भएमा नागरिकको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने भएकाले आयोग सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँछ’ आयोगको निर्णयवारे सहायक प्रवक्ता अर्यालले भने, ‘इन्टरनेट सेवा बन्द भएमा निर्वाचन सञ्चालनको काममा समेत गम्भिर असर पर्नसक्ने भएकाले त्यो अवस्था अवस्था नआउने अवस्था निर्माण गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो ।’

इन्टरनेट सेवा प्रदायकहरुले तिर्ने करको बारेमा विवाद हुँदा उनीहरुले केही रकम तिरेका छैनन् । कर बक्यौता रहेको भन्दै त्यो नतिरी विदेशमा रकम भुक्तानी लैजान नदिने भनी सञ्चार मन्त्रालयले निर्णय गरेको थियो ।

इन्टरनेट सेवाका लागि सेवा प्रदायकहरुले विदेशमा रकम भुक्तानी गर्नुपर्छ । रकम भुक्तानी रोकिएको दावीसहित सेवा प्रदायकहरुले इन्टरनेट अवरुद्ध हुनसक्ने चेतावनी दिएका हुन् ।

यही विवाद कायम रहेको बेला निर्वाचन आयोगले इन्टरनेट सेवा अवरुद्ध भए आफ्नो काम कारबाहीसमेत प्रभावित हुने भन्दै सरकारलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगले आचारसंहिता विपरित काठमाडौंका विभिन्न ठाँउमा राखिएका प्रचारप्रसारका सामग्री जफत गरेको छ । अनि सामाजिक सञ्जाल प्रयोगका क्रममा उम्मेदवारप्रति गालीगलौज नगर्न र मिथ्या सूचना सम्प्रेषण नगर्न पनि चेतावनी दिएको छ ।

अनि कुनै पक्ष निर्वाचित हुने वा पराजित हुने भनी समाचार र विश्लेषणजन्य सामग्री प्रेषण नगर्न पनि सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराएको छ ।

काठमाडौंबाट एक दिनमा ढुवानी गर्न सकिने बाहेकका ठाँउमा मतपत्र लगायतका निर्वाचन सामग्री ढुवानी भइसकेको भन्दै निर्वाचन आयोगले ती ठाउँमा पनि अब ढुवानी हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४